मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोना नियन्त्रणका लागि बेसारपानीको मात्र भर नपर्न अध्यक्ष राणाको आग्रह

नेपाल फ्ल्यास
असार ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले सरकारलाई कोरोना नियन्त्रणका लागि सजग र सक्रिय रहन आग्रह गरेका छन् । 

सोमबार ट्विट गर्दै सरकारलाई यस्तो आग्रह गरेका हुन् । 

कोभिड–१९ विरुद्धको संघर्षमा सरकारले प्रतिरोध, बेसार र अदुवाको मात्र भर नगरी भयावह अवस्था नियन्त्रण गर्न सजग र सक्रिय हुन आग्रह गरेका छन्  ।

साथै, उनले सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या एक हजार नाघेको भन्दै उनले सरकारकै नीति र परिपत्रअुनरूप काम गर्दा पनि यस्तो अवस्था आउनु भनेको अवस्था भयाभव भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

‘पीसीआर रिपोर्ट आउन ढिला भएपछि सुदूरपश्चिम प्रान्तका विभिन्न क्वारेन्टाइनमा राखिएका व्यक्ति घर पठाइएको, तर, रपोर्ट जब आयो धेरैमा संक्रमण देखिएको छ,’ उनको ट्विटमा भनिएको छ, ‘तिनलाई फिर्ता बोलाइ आइसोलेसनमा राख्न पर्यो । लक्षण नदेखिएकालाई पनि सरकारले घर पठायो । घरघरमै आइसोलेसनमा बस्ने निर्देशन दुर्भाग्यवश पालना भएन ।’

साथै, उनले नेपाल सरकारको काम कारबाही नै त्रुटिपूर्ण रहेको पनि बताएका छन् । 

‘यस्तो गैरजिम्मेवार व्यवहार दोहोरिन दिन भएन । भयावह परिस्थिति तुरुन्त नियन्त्रणमा लिन नेपाल सरकार सजग र सक्रिय हुनुपर्‍यो,’ उनले भनेका छन्, ‘प्रतिरोध, बेसार र अदुवाको मात्र भर गर्न भएन ।’

यो पनि