बैशाख १३, २०८१, बिहीबार
               

मुख्यमन्त्रीबाट जवाफ नआएसम्म सदन चल्न नदिने सांसदको चेतावनी

नेपाल फ्ल्यास
असार ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सांसदले प्रदेश १ को संसद अवरुद्ध गरेका छन् । 

काठमाडौं प्रवेश गर्न अवरोध गरी केन्द्र सरकारले आफ्ना नागरिकलाई दुःख दिँदा प्रदेश सरकार चुप बसेको भन्दै उनीहरुले सोमबार संसद अवरुद्ध गरेका हुन् ।

कांग्रेसले संसद अवरुद्ध गरेपछि प्रदेशसभा बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ । 

कांग्रेस सांसदहरुले केन्द्रले आफूहरुलाई हेपाह प्रवृत्ति गरेको भन्दै त्यसको जवाफ मुख्यमन्त्रीसँग मागेका छन्  ।

उनीहरुले आफ्नै मुलुकका नागरिकलाई नाकाबाट फर्काएर काठमाडौंले ज्यादती गर्दा प्रदेश सरकार रमिते बनेको आरोप लगाएका छन् । 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले आफ्ना नागरिक काठमाडौं छिर्न नपाउनुको कारणबारे मुख्यमन्त्रीबाट जवाफ नआएसम्म सदन चल्न नदिने बताएका छन् । 

यो पनि