बैशाख २१, २०८१, शुक्रबार
               

लकडाउन पुन: कडाइ गर्ने कुरा निराधार भएको पोखरेलको भनाइ

नेपाल फ्ल्यास
असार ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले असार १० गतेपछि लकडाउन पुनः कडाइ गर्ने भन्ने कुरा निराधार भएको बताएका छन् ।

जनजीवनलाई सामान्य गराउन सीमित गतिविधिहरु खुकुलो मात्र गरिएको बताउँदै उनले अहिले पनि लकडाउन कायमै रहेको बताएका छन् । 

असार १० पछि लकडाउन कडा पार्ने हल्ला बाहिर आएपछि सोमबार उपप्रधान तथा ईश्वर पोखरेलले यस्तो बताएका हुन् । 

जनताको दैनिक जीवन सहज बनाउन लकडाउन केही खुकुलो गरिए पनि जनता आफैं सचेत हुनुपर्ने उनले बताए । 

यसका साथै, उनले कहीँ कतै अवस्था अलि जटिल देखिएमा मात्र निश्चित एरियालाई सिल गर्ने उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि