कात्तिक ३०, २०८१, शुक्रबार
               

काठमाडौंलाई नाकाबन्दी गर्नुपर्ने भन्दै प्रदेश १ संसद बैठक अवरुद्ध

नेपाल फ्ल्यास
असार ०८, २०७७

ADVERTISEMENT

नेपाली कांग्रेसले प्रदेश १ संसदको आजको बैठक अवरुद्ध गरेको छ । काठमाडौंबाट बाहिर बस्ने नागरिकलाई काठमाडौं प्रवेशमा गरिँदै आएको रोकको विरोध र प्रदेश सरकारले संघीय सरकारसँग आफ्ना भनाइ राख्न नसकेकोलगायत विषय उठाउँदै प्रमुख विपक्षी कांग्रेसले सदन अवरुद्ध गरेको हो । 

संसद् बैठक सुरु हुनासाथ कांग्रेसका सांसदले आफ्नो स्थानबाट उठेर विरोध गरेका छन् । सभामुख प्रदीपकुमार भण्डारीले प्रमुख विपक्षीलाई समय दिएर आफ्ना कुरा राख्न आग्रह गरेपछि प्रमुख सचेतक केदार कार्कीले कांग्रेसका माग सदनमा प्रस्तुत गरेका छन् । 

कार्कीले प्रश्न गर्दै भने, “हामी कुन दर्जाको नागरिक हो । प्रदेश बन्यो तर प्रदेशले संघीय सरकारसँग झगडा गर्न सक्दैनन् । काठमाडौं जान पर्दा नाकाबाट मानिसलाई फर्काइन्छ । काठमाडौं मुटु भनेर मान्यौं, राजधानी भन्यौं तर काठमाडौंबाट जो पनि सीडीओको पासमा आउन सक्छ । तर,  अरु काठमाडौं जान  केको रोक । अब काठमाडौंलाई नाकाबन्दी गर्ने अभियान छ । किन प्रदेश सरकार बोल्न सक्दैन ?” प्रदेश सरकारले यसबारे जानकारी दिनुपर्ने भन्दै कार्कीले प्रदेश १ सरकारले पीसीआर टेस्टमा भएको खर्च सदनमा जानकारी गराउनुपर्ने माग गरे । 

मुख्यमन्त्री शेरधन राईले कोरोनासँग लड्दै छौं भनेर भिडिओमा मात्र भन्ने गर्नुभएको तर, सदनमा आएर हिसाब सार्वजनिक गर्नुपर्ने प्रमुख सचेतक कार्कीले माग राखे ।

“प्रदेशको नाम ल्याउँछौं भनिएको थियो तर प्रतिबद्धताअनुसार नाम आएन । यातायात व्यवसायीको दुखेको सरकारले सुन्ने कि नसुन्ने ? मजदुरलाई रोजगारी दिने विषयमा किन बोल्दैन । संसदको सवालमा बोल्दैन,” कार्कीले भने, “शून्य समय र विशेष समयमा उठाइएका विषयमा जवाफ दिनुपर्छ । आन्तरिक मामिला मन्त्रालयका सचिव पनि सीडीओको पास लिएर काठमाडौं जानुपर्छ । सीडीओ सरकारको मातहत हो कि के हो ?” कार्कीले जनताप्रति कति उत्तरदायी छौं प्रतिबद्धता जनाउनुपर्छ । मुख्यमन्त्रीले सदनमा प्रस्ट नपाउन्जेल सदनमा अवरोध गर्ने बताए । 


कस्तो लाग्यो ?

यो पनि