काठमाडाैं । नेपालमा जतिखेर कोरोनाको जाेखिम थियो त्यतिखेर मानिस अति त्रसित थिए । पछिल्ला दिनमा कोरोनाको जोखिम अति छ । तर, मानिस पहिले झै त्रिसत छैन ।
मानिसहरु बिस्तारै आफ्नो काममा फर्कन थालेका छन् । उनीहरु रोगको डरभन्दा पनि भोकको डरले काममा फर्कन थालेका हुन् ।
कोरोना संक्रमणको सुरुवाती दिनमा गाउँ गएका मानिसहरु सहर प्रवेश गर्ने दर पनि बढेको छ । त्यसमा पनि काठमाडाैं प्रवेश गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको विभिन्न सञ्चारमाध्यमले उजागर गर्दै आइरहेका छन् ।
काठमाडाैं उपत्यका केही खुकुलाे भएदेखि नै उपत्यका छिर्ने मुख्य नाका नागढुंगा, बनेपामा सवारी साधनकाे चाप बढ्दै गएको छ ।
कोरोनाको जोखिम भए पनि उपत्यकाभित्र बिस्तारै खुकुलो भएकाले आफूहरु जबरजस्ती काठमाडाैं आउन बाध्य भएको उपत्यका भित्रिनेहरुको भनाइ छ ।
उपत्यका भित्रिनुका विभन्न कारणमध्ये एउटा सरकारको भनाइ र काम गराइको तालमेल नमिल्नु रहेको उनीहरु बताउँछन् ।
जबरजस्ती काठमाडाैं आउनेहरुले सरकारले विषम परिस्थितिमा काम गर्न नसकेको आरोप लगाएका छन् । उनीहरुले यसरी जबरजस्ती उपत्यका छिर्नुको मुख्य कारक सरकारमाथि अविश्वासको दोष देखाउन खोजिरहेका छन् ।
उनीहरुका कुरा एक किसिमले ठिक पनि छन् । लकडाउन अवधिको भाडा मिनाह गराउनेसम्बन्धी सरकारले गरेको सामान्य कार्यान्वयन आउन सकेको छैन ।
यसरी सरकारलाई दोष दिँदै भ्यालीभित्र आउनेलाई दोष दिने कि सरकारलाई । जुन निकै गाह्र विषय बनेको छ ।
सरसरर्ती हेर्दा सरकारले कार्यान्वयन गरेको नियम उल्लंघन गर्ने उनीहरुलाई दोषी मने पनि यसमा सरकारकै कमजोरी रहेको निसन्देश पुष्टि सरकारका कार्यशैलीले पुष्टि गर्दै आएक छन् । त्यसैमध्येको एक हो उपत्यका प्रवेश नाकामा भएका सवारीसाधनको चाप ।
सरकारले अभिभावक भएर व्यवस्थापन र विश्वास दिलाउन नसक्नाले सरकार कोरोना नियन्त्रणमा कहीँ चुकेको आभास हुन्छ ।
यसो भनिरहँदा सरकारलाई लाग्न सक्छ, दिन रात हामी खटिरहेका छाैँ । सरकारका विभिन्न निकायका बैठक बारम्बार गरिरहेका छाैँ ।
हो, सरकार बारम्बार बैठक बसिरहेको छ । निर्णय पनि गरिरहेको छ । तर, बारम्बार गरेका निर्णय कतिसम्म कार्यान्वयन भए वा भएनन् भनी पछाडि फर्केर हर्याैँ कि हेरेनाैँ भन्ने विषय अहिले मुख्य बनेको छ ।
तर, काम गर्ने, तर त्यसतर्फ ध्यान निदिँदा सरकारले गरेका काम निर्थकजस्तै बनेका छन् ।
जस्तो उदाहरणका लागि सरकारले एक जिल्लाबाट अर्को जिल्लामा आवतजावतमा रोक लगाएको छ । त्यसैगरी, राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ ।
यो सरकारको सबैभन्दा पछिल्लो निर्णय हो ।
तर, सरकारको यही निर्णय कार्यान्वयनपछि देशका विभिन्न ठाउँबाट मानिस काठमाडाैं भित्रिने नाकासम्म आइपुगेका छन् ।
जब कि उनीहरुले काठमाडाैं आउँदासम्म कम्तिमा एक वा दुई जिल्ला र दुई /चारवटा स्थानीय तहका सीमाना काटेर छिरे ।
तर, उनीहरु काठमाडाैं नाकामा मात्रै किन रोकिए । सडकमा गुड्ने निजी सवारीसाधन लिएर आएका उनीहरु पक्कै पनि काठमाडाैं नाकासम्म उडेर आएनन् होला ।
काठमाडाैं छिर्ने नाकामा भएका यी घटनाले नै वास्तविक सरकारको अनुहार देखाएको छ । सरकारले गरेका कामलाई यसले कुरीकुरी गरिरहेकाे छ।
यसरी, विभिन्न बाहनामा जिल्लाबाहिरबाट मानिस उपत्यका छिर्ने र उपत्यकामा अझ खुकुलो पार्दै जाने हो भने कोरोना नियन्त्रणभन्दा बाहिर जान नसक्ला भन्न सिकिन्नँ ।
नेपालको सन्दर्भमा हेर्ने हो भने अहिलेसम्म संख्यात्मक रुपमा धेरै जिल्लामा कोरोना फैलिए पनि भारतसँग सीमा जोडिएका अधिकांश जिल्ला र त्यसको अलवा एकाध जिल्लाबाहेक नेपालमा कोरोना नियन्त्रणमै छ ।
तर, पछिल्लो समय भ्यालीबाहिरबाट मानिस भ्यालीमा प्रवेश गर्ने दर बढेसँगै नियन्त्रणबाहिर जाने सम्भावना बढ्दै गएको छ ।
हुन त अहिलेसम्म नेपालमा कोरोनाकै कारण २० जनाको मात्र निधन भएको छ । शनिबार मात्र नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कुल कोरोना संक्रमितको संख्या आठ हजार ६ सय पाँच पुगेको छ ।
शनिबार मात्रै भक्तपुर र काठमाडाैंमा गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबै कुबेतबाट आएका मात्र छन् । तर, उनीहरु समाजमा हुलमिल नभएकाले खासै प्रभाव त नपार्ला ।
तसर्थ सरकारले अब नियम मात्रै बनाउने नभई बनाएका नियम पनि कार्यान्वयन गर्दा राम्रो हुने परिस्थिति आएको छ ।