असोज ०६, २०८१, आइतबार
               

नेकपा सचिवालय बैठकः अंगीकृत नागरिकताको विषयमा महत्वपूर्ण निर्णय (भिडियो)

नेपाल फ्ल्यास
असार ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले अंगीकृत नागरिकताका विषयमा महत्वपूर्ण निर्णय गरेको छ । 

नेपाली नागरिकसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने र त्यसअघि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थायी आवासीय अनुमतिपत्र दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेकपाले निर्णय गरेसँगै प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयकमा छिट्टै निर्णय गर्ने भएको छ । 

यसअघि समितिले सबै पक्षबीच सहमति जुटाउन सरकारलाई पाँच दिनको समय दिएको थियो ।

नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई अंगीकृत नागरिकता दिने सम्बन्धमा विवाद हुँदा करिब २ वर्षयता यो विधेयक रोकिएको छ । 

नेपाली कांग्रेस, मधेसवादी दललगायतले भने तत्काल नै अंगीकृत नागरिकता दिनुपर्ने अडान राख्दै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि