बैशाख १९, २०८१, बुधबार
               

विनियोजन विधेयक, २०७७ राष्ट्रियसभाबाट पारित

नेपाल फ्ल्यास
असार ०४, २०७७

ADVERTISEMENT

काठमाडाैं ।  विनियोजन विधेयक, २०७७ राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको बिहीबारको बैठकले ‘विनियोजन विधेयक, २०७७ लाई बहुमतले पारित गरेको हो । 

अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयक बैठकमा पेस गरेका हुन् ।  

सो विधेयक यसअघि प्रकाश पन्त, तारादेवी भट्ट, अनिता देवकोटा, रमेशजङ्ग रायमाझी, जितेन्द्रनारायण देवले पेस गरेका थिए । 

उक्त  विनियोजन विधेयक, २०७७ अन्तर्गत विभिन्न मन्त्रालयसम्बन्धी खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । 

यो पनि