जेठ ०२, २०८१, बुधबार
               

महिलाका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गर्न माग

नेपाल फ्ल्यास
असार ०४, २०७७

ADVERTISEMENT

काठमाडाैं । महिला सांसदहरुले महिलाहरुका लागि छुट्टै क्वारेन्टाइन बनाउन माग गरेका छन् । 

प्रतिनिधसभा बैठकमा बोल्दै महिला सांसदहरुले बिहबार सरकारसँग यस्तो माग गरेका हुन् । 

कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले देशका विभिन्न स्थानमा व्यवस्था गरेको क्वारेन्टाइन असुरक्षित बनेको बताउँदै उनीहरुले महिलाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गर्नुपर्ने धारणा राखेका छन् । 

साथै,  क्वारेन्टिनमा महिला बलात्कृत हुनु अत्यन्त गम्भीर भएको उल्लेख गर्दै महिलाका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था र सुरक्षाका लागि महिला प्रहरी राख्न माग पनि महिला सांसदले माग गरेका छन् ।

कसले के भने 

प्रतिनिधिसभाको आजको वैठकको शून्य समयमा सांसद थममाया थापाले क्वारेन्टिनमा महिला बलात्कृत हुनु अत्यन्त गम्भीर भएको उल्लेख गर्दै महिलाका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था र सुरक्षाका लागि महिला प्रहरी राख्न माग गरिन् ।

त्यसैगरी, सांसद पवित्रा खरेल निरौलाले कैलालीको लम्कीमा महिलामाथि भएको घटनाका दोषीलाई कडा कारबाही गरिनुपर्ने माग गरिन् भने  सांसद नरमाया ढकालले क्वारेन्टाइन यातना गृहजस्तो भएकाले तत्काल क्वारेन्टाइको अवस्थामा सुधार गर्न माग गरिन् । 

सांसद पार्वता डिसी चौधरीले कैलाली घटनाबारे आपत्ति जनाउँदै क्वारेन्टिनमै असुरक्षित महिला कहाँ सुरक्षित होलान भनी प्रश्न  गरिन् ।  उनले भनिन्,  'घटनामा संलग्नलाई कडा कारबाही गर्नुपर्छ ।'

सांसद पूर्णकुमारी सुवेदीले कैलालीको क्वारेन्टाइन बिरामी महिलामाथि भएको घटनाको भत्सर्ना गर्दै दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरिन् ।

सांसद टेकबहादुर बस्नेतले क्वारेन्टाइनलाई व्यवस्थित बनाउँदै स्वास्थ्य सामग्री सिधै जिल्ला र स्थानीय तहलाई हस्तान्तरण गर्न आग्रह गरिन् ।

सांसद डा दीपकप्रकाश भट्टले देशव्यापी रुपमा कोरोना सङ्क्रमणको जोखिम बढेकाले कोरोना परीक्षणको दायरा बढाउन माग गरिन् ।

सांसद नारदमुनी रानाले सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणको दायरा फराकिलो बनाउन सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद डिला सङ्ग्रौलाले स्वास्थ्य सामग्री खरिदमा अनियमिता भएको घटना सेलाउन नपाउँदै खरिपाटी क्वारेन्टाइनमा भएको घोटालाका बारेमा जानकारी दिन माग गरिन् ।

 सांसद प्रमिला राईले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको अनियमितता छानबिन गर्न माग गरेकी छिन् ।


कस्तो लाग्यो ?

यो पनि