जेठ ०२, २०८१, बुधबार
               

३३औँ नम्बरमा रहेकी शाहलाई डिन नियुक्ति गरिएको भन्दै सरकारविरुद्ध आन्दोलन

नेपाल फ्ल्यास
असार ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । वरिष्ठतालाई मिचेर डिनमा नियुक्त गरिएको भन्दै सत्तारुढ दल नेकपा विद्यार्थी संगठन अनेरास्ववियुले सरकारको विरोध गरेको छ । 

सरकारले प्रा.डा. दिव्यासिंह शाहलाई डिन नियुक्त गरेको र सो नियुक्त वरिष्ठतापिरित भएको भन्दै विद्यार्थी संगठनले सो सच्याउन माग गर्दै विद्यार्थी संगठनले आन्दोलन गरेको हो । 

विरोध गर्दै विद्यार्थी संगठनले बिहीबार त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्था (आईओएम) को कार्यालयमा तालाबन्दी पनि गरेको छ ।

बुधबार प्रा डा प्रेम ज्ञवालीको संयोजकत्वमा गठित सर्च कमिटिले त्रिवि कार्यकारीसमक्ष प्रा डा प्रदीप वैध, प्रा डा दिव्या सिंह शाह र प्रा डा उत्तमकृष्ण श्रेष्ठलाई डिनका लागि सिफारिस गरेको  थियो । 

संगठनले प्राध्यापक डा. गोविन्द केसीको आन्दोलनले स्थापित गरेको योग्यता, क्षमता र वरिष्ठताको आधारमा डिन नियुक्ति गर्ने थितिलाई निरन्तरता दिन पनि माग गरेको छ ।

संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा उपकुलपति धर्मकान्त बाँस्कोटाले वरिष्ठताको सूचीमा ३३ औँ नम्बरमा रहेकी शाहलाई नियुक्ति गरेको बताएको छ । 

शाह प्रधानमन्त्री ओलीको निजी चिकित्सक हुन् । 

यो पनि