असोज ०६, २०८१, आइतबार
               

भूमि बैंकको लागि बाँजो जमीन पहिचान हुँदै

नेपाल फ्ल्यास
असार ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले सङ्घ, प्रदेश र स्थानीय तहको सयुक्त लगानीमा तीन सय स्थानीय तहमा भूमि बैंकको स्थापनाको तयारी भइरहेको बताएकी छन् ।

राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत सम्बन्धित मन्त्रालयसँग उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री अर्यालले बैंक स्थापनाको लागि सम्बन्धित स्थानीय तहले बाँजो जमीन पहिचानको काम गरिरहेको जनाकारी दिइन् । यसको लागि केन्द्र सरकारले ५० प्रतिशत, प्रदेशले ३० र स्थानीय सरकारले २० प्रतिशत लगानी गर्नेछन् । कोरोना कहरका कारण ग्रामीणमुखी हुन लागेका युवा वर्गलाई लक्षित गर्दै कृषिकार्य गरी भूमिमा पहुँचका लागि बैंक स्थापना गर्न लागिएको बताइएको छ ।

पहिलो  चरणमा  तीन सय स्थानीय तहमा भूमि बैंक एकाइ स्थापना गर्ने गरी मन्त्रालय अघि बढेको पनि बैठकमा जानकारी गराइएको छ ।  सो बैंकमा शेयर लगानी गर्न सरकारले ५० करोड बजेट विनियोजन गरेको छ । 

गरिबी पहिचानका लागि परिचयपत्र वितरणको काम भइरहेको र सो सम्बन्धी काम सकी गरिब लक्षित कार्यक्रममा जाने पनि मन्त्री अर्यालले जानकारी दिइ । सगरमाथाको उचाई नाप्ने काम सम्पन्न गरिसकेको र निकट भविष्यमानै सो सम्बन्धी रिपोर्ट सार्वजनिक गरिने उनले बताइन्ब । भूमिसँग छरिएर रहेका कानूनलाई एकीकृत गर्ने र सीमामा खम्बा निर्माणको काम भइरहेको पनि मन्त्री अर्यालले जानकारी दिएन् । 

यो पनि