काठमाडौं । धनकुटा नगरपालिकाले व्यवसायीलाई सेवा क्षेत्रमा कर, शुल्क तथा भाडामा छुटलगायत आठ सेवा क्षेत्रमा कर छुट दिने निर्णय गरेको छ ।
लकडाउनका कारण व्यवसायीमा पर्न गएको मर्कालाई मध्यनजर गर्दै नगरपालिकाले सो क्षेत्रमा छुट दिने निर्णय गरेको हो ।
प्रत्यक्ष रुपमा प्रभाव परेका कर, शुल्क, भाडा, ठेक्का आदि क्षेत्रमा औचित्यका आधारमा आर्थिक वर्ष २०७६/०७७ को करमा छुट दिने निर्णय भएको छ ।
नगरपालिकाले सबैखाले व्यापार व्यवसायमा आव २०७६र०७७ मा बुझाउनु पर्ने व्यवसाय करमा २५ प्रतिशत छुट दिने निर्णय भएको छ ।
साथै, नगरपालिकाले व्यापारीहरुले कर बुझाइसकेको भए आगामी आर्थिक वर्षको करमा मिलान बताएको छ ।
तर, यो सरकारी वा संस्थागत बहालको हकमा भने यो नियम लागू नहुने बताइएको छ ।