बैशाख २२, २०८१, शनिबार
               

नेविसंघले गर्‍यो सरकारविरुद्ध प्रदर्शन

नेपाल फ्ल्यास
असार ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेविसंघले सोमबार सरकारविरुद्ध प्रदर्शन गरेको छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी सरकारले कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम नगरेको, संकटका बेलामा पनि आर्थिक अनियमितता भएको, क्वारेन्टइन मापदण्डअनुसार व्यवस्थित नगरेको भन्दै विरोध प्रदर्शन गरेको हो । 

बिजुलीबजार हुँदै नयाँबानेश्वर पुगेको सो प्रदर्शन टोली कोणसभामा परिणत भएको थियो । 

प्रदर्शनमा सहभागीले कोरोना महामारी नियन्त्रणका लागि खर्च भएको भनिएको १० अर्बको हिसाब सार्वजनिक गर्नुपर्ने, विदेशमा अप्ठेरामा परेकाहरुको उद्धार गर्नुपर्ने, मजदुरलाई राहत दिनुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउन माग गरेका छन् । 

नेविसंघका दीपक भट्टराईले कोरोना महामारी नियन्त्रणमा लाग्नुपर्ने सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर नभएको र आर्थिक अनियमिततामा नै केन्द्रित भएको आरोप लगाएका छन् । 

साथै, उनले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने जिम्मा निजीलाई दिने व्यवस्था खारेज गर्न र रुकुम घटनाका दोषीलाई कारबाही गर्न माग गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि