बैशाख २१, २०८१, शुक्रबार
               

‘नाम मात्रैको’ भन्दै रक्षामन्त्री पोखरेल नेतृत्वको उच्चस्तरीय समिति खारेज गर्ने तयारी

नेपाल फ्ल्यास
असार ०१, २०७७

ADVERTISEMENT

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको नेतृत्वको उच्चस्तरीय समन्वय समिति खारेज गर्ने तयारी भएको छ । कोरोना  नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको तथा अनियमिततामा मुछिएको भन्दै प्रधानमन्त्री केपी ओलीको ठहरपछि  खारेज गर्ने तयारी गरिएको हो । 

समिति खारेज गरेर कोरोना रोकथाम र उपचारसँग सम्बन्धित सबै काम कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)  लाई दिने विषयमा मन्त्रिपरिषदमा छलफल चलेको हो । एक मन्त्रीका अनुसार उच्चस्तरीय समिति नाम मात्रैको जस्तै भएकाले खारेज गर्ने प्रस्ताव ल्याइएको थियो । यसले गर्ने काम सीसीएमसीले गर्न सक्ने भएकाले औचित्य नभएको कुरा आएको थियो । उक्त विषयमा धेरैको एकमत पनि  जनाइएको छ ।

समिति गठन भएपछि भएका निर्णयहरु विवादित बनेकाले खारेज गर्ने निष्कर्षमा प्रधानमन्त्री ओली पुगेको बुझिएको छ । यही समितिको निर्णयअनुसार स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी ओम्नी ग्रुपलाई दिइएको थियो । उक्त निर्णयको विरोध भएपछि ठेक्का नै तोड्नुपर्ने अवस्था आएको थियो । कोरोना नियन्त्रणसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य मन्त्रालय समेत यो समितिसँग असन्तुष्ट रहेको छ । 

नेपालमा कोरोना संक्रमणको जोखिम बढेपछि उपप्रधानमन्त्री पोखरेलको नेतृत्वमा गृह, अर्थ, परराष्ट्र, स्वास्थ्य, संस्कृति पर्यटन, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री सदस्य रहनेगरी यो समिति गठन गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि