जेठ ०४, २०८१, शुक्रबार
               

प्रचण्डको भनाइ विकृत र असन्तुलित मानसिकता : कमल थापा

नेपाल फ्ल्यास
जेठ ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसदमा शनिबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको अभिव्यक्तिलाई विकृत र असन्तुलित मानसिकता भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिएको अभिव्यक्ति दिएका थिए । 

'राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्यायो भन्ने प्रचण्डको भ्रामक र पुर्वाग्रही भनाई विकृत र असन्तुलित मानसिकता हो,' उनले फेसबुक पोष्ट गर्दै भनेका छन्, '१७ हजारको शवमा टेकेर बिदेशी स्वार्थमा समर्पित आत्मसमर्पणवादी हुनुको अपराधवोध हो । नेपालको एकिकरण र राष्ट्रिय अखण्डताको रक्षामा राजसंस्थाको महत्वपूर्ण भूमिका ऐतिहासिक सत्य हो।'

राप्रपा अध्यक्ष थापाले थपेका छन्, 'सिंगो राष्ट्र एकढिक्का भएर तथा सबै राष्ट्रिय शक्तिहरूको सहयोग लिएर नेपाली भूमि फिर्ता लिनुपर्ने बेला यस्ता विभाजनकारी सोच प्रत्युत्पादक हुनेछ । ईतिहासको सामान्य ज्ञान समेत नभएको वा उपेक्षा गर्ने व्यक्ति कसरी पटकपटक प्रधानमन्त्री हुनुभयो । आश्चर्य लाग्छ । प्रचण्डको भनाइप्रति खेद व्यक्त गर्दछु।'

अध्यक्ष थापाले नेपालको एकीकरणमा राजसंस्थाको महत्त्वपूर्ण भूमिका रहेको ऐतिहासिक सत्यबारे प्रचण्डलाई स्मरण गराएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि