बैशाख १२, २०८१, बुधबार
               

भारतले सुगौली सन्धि मान्दैन भने टिष्टादेखि काँगडासम्म छोड्नुपर्छ : सांसद लिङ्देन

नेपाल फ्ल्यास
जेठ ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले सुगौली सन्धि नमान्ने हो भने भारतले टिस्टा र काँगडा नेपाललाई छाेड्नुपर्ने बताएका छन् -‘भारतले सुगौली सन्धि नमान्ने हो भने टिस्टा र काँगड छाेड्नुपर्छ’, उनले भने, ‘भारतलाई हामीले बुझाउनुपर्छ, अनि उसले गल्ती स्वीकार्छ । हामी हाम्रो भूमि फिर्ता ल्याउन सक्षम छौं ।’

प्रतिनिधिसभाको जारी बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै उनले उक्त विधेयकको समर्थन गर्दै भूमि फिर्ता लाउन पनि पहल गर्न सुझाव दिएका छन्  ।

कसैलाई दोष दिएर राष्ट्रिय एकता कायम नहुने भन्दै उनले कूटनीतिक सम्वादमार्फत भूमि फिर्ता ल्याउनु पर्नेमा जोड दिए । सन्धि र प्रमाणका आधारमा लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै रहेको उनले बताए । 

साथै सांसद लिङ्देनले आजैको छलफलमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रका कारण भूमि गुमेको भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । ‘जसले यो देश निर्माण गरे, जसले नेपाल राष्ट्र र नेपालीको परिचय दिए, उनैमाथि भूमि बेचेको आरोप लगाइयो’, उनले थपे, ‘कसैलाई आलोचना गर्ने र धक्कु लगाउने दिन होइन यो, सबै एकजुट हुने दिन हो ।’
 


कस्तो लाग्यो ?

यो पनि