बैशाख १७, २०८१, सोमबार
               

महाकाली सन्धि गर्नेले जनतासँग माफी माग्नुपर्छ: सांसद यादव

नेपाल फ्ल्यास
जेठ ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । महाकाली सन्धि गर्दा राष्ट्रघात भएकोले सन्धि गर्ने कांग्रेस-कम्युनिष्टले माफी माग्नुपर्ने जनता समाजवादी पार्टीका सांसद उपेन्द्र यादवले बताएका छन्  ।

शनिबार प्रतिनिधिसभा संसदमा संविधान संशोधन विधेयकमाथिको छलफलमा बाेल्दै महाकाली सन्धि हुँदा आफू सांसद पनि नभएको उल्लेख गर्दै उनले त्यसबेला नेतृत्व गर्नेहरूले सुगौली सन्धिभन्दा पछि हटेर महाकाली सन्धि भन्दै माफी माग्नु पर्ने बताएका हुन् । 

उनले भने-‘महाकाली सन्धि गर्दा जे गरिएको थियो त्यसको जवाफ दिनुपर्‍यो। कांग्रेस-कम्युनिष्टले माफी माग्नुपर्छ,’ उनले भने, ‘सुगौली सन्धिभन्दा पछि हटेर महाकाली सन्धि गर्‍या हो कि होइन? मधेशीलाई गाली गर्ने, राष्ट्रघाती भन्ने? अनि त्यसबेला सन्धि गर्नेहरूले माफी माग्नुपर्दैन?’

यादवले राष्ट्रियताको सवालमा एकै ठाउँमा रहेको भन्दै संविधान संशोधन विधेयकको पक्षमा सर्वसम्मत रुपले पारित गर्ने निर्णय गरेको जानकारी गराए ।


कस्तो लाग्यो ?

यो पनि