बैशाख १८, २०८१, मंगलबार
               

राष्ट्रियता कसैको एकलौटी होइन : राजेन्द्र महतो

नेपाल फ्ल्यास
जेठ ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । नयाँ नक्सासहित संविधान संशोधन (दोस्रो संशोधन) विधेयकमा सम्पूर्ण नेपालीको ढुकढुकी जोडिएको जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले बताएका छन् ।

प्रतिनिधिसभामा भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रलाई समेटेर जारी गरेको नेपालको नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्नका लागि ल्याइएको संविधान संशोधन विधेयकको दफावार छलफलका क्रममा उनले भने– ‘राष्ट्रियता पनि एकलौटी हुन्छ ? त्यो मधेसीले राष्ट्रियता को कुरा गर्ने ? भनिन्छ । त्यो राष्ट्रियता पङ्गु हो । आजबाट राष्ट्रवाद र राष्ट्र घातको परिभाषा ठिकसँग परिभाषित गरिनुपर्छ ।’
उनले गुमेको भूमि फिर्ता ल्याउन संविधान संशोधन हुनु नेपालको लागि राष्ट्रिय स्वाधीनताको विषय भएको बताए । प्याकेजमै संविधान संशोधन गरेको भए अझ राम्रो हुने  तर त्यो नगरिएको भन्दै महतोले गुनासो गरे ।  उनले भने ‘यस्तो संवेदनशील घडीमा राष्ट्रिय एकता देखाउने हो । कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भनेर संशोधन गरौँ, भनेर छलफल भइरहेको छ । अहिले संविधान सबैको हुन सकेन । मधेसी थारु, आदिवासी, भोटे गुरुङ सबैको हुनुर्‍यो । जब संविधान संशोधनको कुरा आउँछ,  त्यो बेलामा हामले पनि संविधान सबैको लागि हुनुर्‍यो भनेर हामी भनिरहेका छाौँ ।’ 
उनले उनले विगतमा कसले काली नदी वारिको नेपाली भूमि नक्साबाट हटायो  त्यो श्वेतपत्र जारी हुनुपर्ने माग गरे । महतोले नेपाली भूमि हटाउने राष्ट्रघातीलाई टुँडिखेलमा लगेर झुन्डाउन माग गरे ।

साथै नक्शालाई लिएर संविधानको अनुसूचीमा परिवर्तन गर्ने कुरा आएकोप्रति खुसी व्यक्त गर्दै उनले प्रस्तावको पक्षमा समाजवादी पार्टीले सर्वसम्मत रुपमा समर्थन गरेको बताए । ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भनेर संविधान संशोधन गर्ने प्रस्ताव आएको छ’, उनले भने, ‘हाम्रो पार्टी संविधान संशोधनको पक्षमा सर्वसम्मत समर्थन गर्दैछ ।’ 


कस्तो लाग्यो ?

यो पनि