बैशाख २५, २०८१, मंगलबार
               

चितवनमा जडीबुटी प्रशोधन उद्योग स्थापना

नेपाल फ्ल्यास
जेठ ३०, २०७७

ADVERTISEMENT

चितवन । चितवनमा जडीबुटी तेल प्रशोधन उद्योग स्थापना भएको छ । 

जिल्ला जडीबुटी सहकारी सङ्घले रत्ननगर नगरपालिका–११ मङ्गलपुरमा सो उद्योग स्थापना गरेको हो ।

जिल्ला जडीबुटी सहकारी सङ्घका अध्यक्ष कुलप्रसाद देवकोटाले करिब ४० लाखको लगानीमा सो उद्योग स्थापना गरिएको बताए । 

यसअघि सो उद्योग नहुँदा चितवनमा उत्पादन भएको जडीबुटी बारा जिल्ला निर्यात हुँदै आएको थियो । 

उद्योग स्थापनासँगै जिल्लामा वार्षिक दुई हजार लिटर तेल उत्पदन हुने बताइएको छ । 

चितवनमा ५० किसान जडीबुटी खेतीमा आबद्ध छन् । कतिपय सहकारी आफैँले पनि जडीबुटी खेती गरेका छन् । 

भरतपुर र रत्ननगरका विभिन्न क्षेत्र, सामुदायिक वन र कवुलियती वनमा जडीबुटी खेती गरिएको छ । 

चितवनमा मेन्था, सिटोमेला, क्यामामाइल, लेमन ग्रास, तितेपातीलगायतका जडीबुटी उत्पादन हुने गरेको छ । एउटै सिजनमा मेन्था १० टन, सिटोमेला ३० टन उत्पादन भएको जडीबुटी सङ्घले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि