जेठ ०५, २०८१, शनिबार
               

विरोधका नयाँ शैली -‘कार्पेट होइन पीसीआर’

नेपाल फ्ल्यास
जेठ ३०, २०७७

ADVERTISEMENT

मुलुकमा विभिन्न कालखण्डमा भएका आन्दोलन हिंसात्मक थिए । ठूल-ठूला राजनीतिक परिवर्तनका लागि भएका आन्दोलन सत्तापक्षलाई गलाउन हिंसात्मक बनाउन आवश्यक थियो, वा थिएन भन्ने अलग बहसको विषय हो ।

तर, यथार्थमा आमनागरिकको जनजीविका न्याय, सुशासन, पारदर्शिताका लागि भएका ती आन्दोलन हिंसात्मक हुन्थे ।

प्रर्शनकारीहरु आन्दोलनको प्रभावकारिता बढाउन सडकपेटीका रेलिङ भाच्ने, सडकमा टायर बाल्ने र सडकमा भएका संरचना भत्काउने, राँके जुलुस निकाल्ने, सरकारी कार्यालयमा तोडफोड र सरकारी सवारीसाधन जलाउने गर्थे ।

बहुदलीय व्यवस्थापछि सुरु भएको नेपाल बन्दमा गरिएका भौतिक क्षतिको विवरण त उल्लेख गरी साध्य छैन । विभिन्न बहनामा राजनीतिक दलले गरेका कथित बन्दमा निजी तथा सरकारी सवारीसाधन अनगिन्ती जले । यसबाट धेरैको रोजीरोटी र गँँसबाँस खोसियो ।

यसका अलवा राजनीतिक दल तथा तिनका भातृ संगठनले आयोजना गरेका कार्यक्रममा  ढुंगामुडा लिएर सडकमा प्रदर्शनकारीह उत्रिन्थे । विरोध प्रदर्शन, घेराउ, धर्ना, सभाका नाममा विभिन्न जिल्लाबाट मानिस ओसारिन्थे ।

तर, पछिल्लो समय आन्दोलनकाे स्वरुप फेरिएको छ । पहिले झै आन्दोलनकारी खोज्न केन्द्रबाट गाउँ-गाउँ जानु पर्दैन । आन्दोलनकारी आफैँ प्रदर्शनमा सहभागी हुन्छन् । 

यस्तै, पछिल्लो समय सरकारलाई खबरदारी  दिनका लागि गरिएको आन्दोलनमा आन्दोलनकारी आफैँ  भेला भएका छन् । त्यसमा पनि युवाको बाहुल्यता छ । 

विगत चार दिनदेखि प्रधानमन्त्री निवास बालुवाटारमा आफैँ उपस्थित भई  प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् । यस्तै, बिहीबार विशाल प्रदर्शन भयो । प्रदर्शन बालुवाटारमा मात्र होइन, पोखरा, भरतपुर, वीरगन्ज, जनकपुर, विराटनगरलगायत क्षेत्रमा सहरमा पनि प्रदर्शन भएको छ ।

यसैगरी, शुक्रबार देशका विभिन्न ठाउँमा प्रदर्शन भए । गृह मन्त्रालयले बिहीबार लकडाउनको उलङ्घन गरी प्रदर्शन गर्नेहरूलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइसकेको छ । तर, त्यसको बेवास्ता गदै शुक्रवार काठमाडौँ उपत्यकालगायत देशैभर आन्दोलन भए ।

सरकारले आफूहरूले उठाएका मागहरू सम्बोधन नगरेसम्म प्रदर्शन जारी रहने उनीहरूले बताएका छन्। शुक्रवार, माइतीघर, ललितपुरको झम्सिखेललगायतका क्षेत्रमा प्रदर्शन भएको छ । शनिबार माइतीघरमा प्रदर्शन गर्ने र म‌ंगलबार झम्सिखेलमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । 

आन्दोलनमा उनीहरूले कुनै भौतिक संरचना भत्काएका छैनन् । जुलुसमा राष्ट्रियता झल्कने गीत गाएका छन्, साङ्केतिक प्ले–कार्ड बोकेका छन् । उनीहरूले सुरक्षा कर्मीलाई ढुंगामुडा प्रहार गरेका छैनन् । बरु उल्टै आन्दोलन दबाउन पानीको फोहोरा हानिँदा सहेर बसेका छन् । कतिले अनुहार पेन्टिङ गरेका छन् । कतिले कार्टुन बनाएर प्ले कार्ड बोकेका छन् । कतिले पहिरन नै फरक लगाएका छन् । 

कोरोना भाइरस नियन्त्रणको लागी हालसम्म झन्डै १० अर्व खर्च भएको सरकारले बताएको छ । तर खर्चअनुसारको कोरोना नियन्त्रणको प्रयास नभएको भन्दै युवाहरूले सृजनात्मक दबाब आन्दोलन दिएका हुन् । आन्दोलनको खर्चको हिसाब, किताब देखाउन तथा, पिसिआर टेस्टको दायर बढाउन माग गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि