बैशाख २३, २०८१, आइतबार
               

विद्युतीय गाडीमा कर बढाउने निर्णयबाट अर्थमन्त्री पछि हट्ने संकेत

नेपाल फ्ल्यास
जेठ २९, २०७७

ADVERTISEMENT

अर्थमन्त्री युवराज खतिवडा विद्युतीय गाडीमा कर बढाउने निर्णयबाट पछि हट्ने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा खतिवडा पछि हट्न लागेका हुन्। चौतर्फी आलोचना भएपछि प्रधानमन्त्रीले नै उनलाई विद्युतीय गाडीमा लगाइएको कर परिवर्तन गर्न निर्देशन दिएका छन्।

यद्यपि विद्युतीय सवारीमा लगाइएको कर कति घटाउने भन्ने स्पष्ट छैन। यसबारे अहिले मन्त्रालयमा छलफल चलिरहेको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

संसदमा समेत नेकपा आफैँले लिएको नीति विपरीत विद्युतीय सवारीमा कर बढाएको भन्दै तीव्र आलोचना भइरहेको छ। संसदमा नेकपाको चुनावी घोषणा पत्रमा विद्युतीय गाडीलाई प्रोत्साहन गरिने उल्लेख रहेको सांसद देवेन्द्रराज कँडेलले बताएका थिए।

आइतबार पनि संसदमा बोल्दै कँडेलले नेकपाले काठमाडौं उपत्यकामा ३ वर्षमा विद्युतीय सवारीको मात्रै उपयोग भनेको थियो। त्यो कुरा भोटको लागि मात्रै भएको र राजनीतिक बेइमानी गरेको आरोप लगाएका थिए।

तर, यसअघि नै प्रधानमन्त्री ओलीले आफ्ना प्रमुख सल्लाहाकार विष्णु रिमाल र अर्थमन्त्री खतिवडालाई सँगै राखेर बढाएको करका विषयमा सोच्न निर्देशन दिएका छन्।

सोही विषयमा छलफल गर्न रिमाल बिहीबार दिउँसो अर्थमन्त्रालय पुगेका थिए। २ बजे मन्त्रालय पुगेका उनले अर्थमन्त्री खतिवडासँग यही विषयमा करिब २ घण्टा छलफल गरेको मन्त्रालय स्रोतले जानकारी दियो।


कस्तो लाग्यो ?

यो पनि