बैशाख २२, २०८१, शनिबार
               

महामारी नियन्त्रण गर्न प्रमुख विपक्षी दलको ध्यानाकर्षण

नेपाल फ्ल्यास
जेठ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । महामारी नियन्त्रण गर्न प्रमुख विपक्षी दलले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । 

कोभिड–१९ महामारी नियन्त्रण तथा त्यसका अल्पकालीन र दीर्घकालीन प्रभाव घटाइ जनताका साझा सरोकार सम्बोधन गर्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको हो । 

कांग्रेस नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी सो ध्यानाकर्षण गराएका हुन् । 

उनले प्रधानमन्त्री ओलीलाई बुझाएको ध्यानाकर्षण पत्रमा कोभिड–१९ र त्यसबाट उत्पन्न असहज परिस्थिति, बन्दाबन्दी र त्यसको सर्वसाधारणमा परेको असर, राहत सामग्री वितरण, अर्थतन्त्रमा परेको प्रभाव, अस्पताल तथा सङ्क्रमितको उपचार, परीक्षण, क्वारेन्टिन व्यवस्थापन, औषधि–उपकरण खरिद तथा आपूर्ति, महामारीविरुद्धको लडाइँमा पार्टीको साथ र सहयोग, कोभिड–१९ बाहेकका मुटु, क्यान्सर, फोक्सो, मिर्गाैला, गर्भवती, चोटपटक लाग्नेलगायत विषय उल्लेख छन् । 

यसैगरी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी र पत्रकारलगायत अग्रपङ्क्तिमा रहेर आफ्नो कार्य सम्पादन गरिरहेकाहरूको  व्यक्तिगत सुरक्षाको प्रबन्ध र  प्रोत्साहन, विदेशमा रहेका नेपालीको उद्धार, उद्योग व्यवसाय तथा कृषि क्षेत्रलाई चलायमान तुल्याउने, देशभित्र र बाहिर लाखौँ नेपालीले रोजगारी गुमाएको वर्तमान अवस्थामा देशमा व्यापक रोजगारीको सिर्जना गर्न आवश्यक भएको सो पत्रमा उल्लेख छ । 

बिउबिजन र रासायनिक मलको सहज उपलब्धता, कृषि उत्पादनको बजारको सुनिश्चितता र अनुदानमार्फत किसान र कृषि क्षेत्रलाई तत्काल सहयोगको व्यवस्था, उद्योग–व्यवसायको संरक्षण राहत, औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको सहयोगलाई उच्च प्राथमिकतामा राखी ठोस राहतका ‘प्याकेज’ घोषणा गर्न कांग्रेसले माग गरेको छ । 

यो पनि