काठमाडौं । जसपाकी सांसद सरिता गिरीले संविधानकाे दोस्राे संशोधन विधेयक नै खारेज गर्नुपर्ने संशोधन दर्ता गरेकी छिन्।
निशान छापमा रहेको नेपालको नक्सा संशोधन गर्न सरकारले ल्याएको विधेयकलाई पारित गर्दै मंगलबार प्रतिनिधिसभाले संशोधन दर्ता गराउन ७२ घण्टाको समय दिएको थियो ।
उक्त समयकाे सदुपयोग गर्दै गिरीले नेपालले विना प्रमाण नक्सा संशोधन गर्न लागेको भन्दै संशोधन दर्ता गराएको विधेयक शाखाका प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए।
सांसद गिरीले नेपालले भारतलाई नसोधी एक पक्षीय रुपमा नक्सा जारी र संशोधन गर्न नहुने बताउँदै आएकी छन् ।