जेठ ०८, २०८१, मंगलबार
               

प्रधानमन्त्रीले गरे खरिद प्रक्रियामा भएको अनियमितताको ढाकछोप

नेपाल फ्ल्यास
जेठ २८, २०७७

ADVERTISEMENT

प्रधानमन्त्रीले खरिद प्रक्रियामा भएको अनियमितता लुकाउँदै भने, ‘सेनाले विगतमा सामान खरिद गर्थ्यो, अहिले पनि गरेको छ’ 

प्रधानमन्त्री केपी शर्मा ओलीले खरिद प्रक्रियामा भएको अनियमितता लुकाउँदै ‘सेनाले विगतमा पनि सामग्री खरिद गरेको तर्क दिँदै अहिले पनि खरिद गरेको’ भन्दै पन्छिनका खोजेका छन् ।

 संसदमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भने, ‘सेनाले यसअघि प्लेन, हतियार र अन्य थुप्रो कुरा किनेको छ। त्यति बेला व्यापारी भएन ।’ 

सेनाले विगतमा सामान किन्दै आएको निरन्तरताकै रुपमा अहिले पनि खरिद गरेको दाबी गरे । सेनाले बनाएको अस्पतालले सरकारले नबनाएको तर्क राख्दै आफ्नै प्रयोगका लागि खरिद गरेको बताए । सामान खरिद प्रक्रिया सेनाको छिटो हुने समेत प्रधानमन्त्रीले बताए ।

सेनाको खरिद प्रक्रियाप्रति बचाउ गर्दै उनले भने, ‘आफ्नो तर्फबाट सेवा गर्न सामान किनेको छ । आपत्ति हुनुपर्ने के ?’

कोरोना संकटमा सेना परिचालन गरिएको बताए । सेना राज्यकै अंग भएकाले परिचालन गरेको प्रष्टीकरण दिए । सेना परिचालन गर्दा गृह मन्त्रालयको भूमिका नखोसिएको बताए।

मेडिकल खरिद प्रक्रियामा जोडिएका व्यापारिक समूहको नाममा विरोध जनाएकोप्रति समेत उनले आपत्ति जनाए । ‘कहिले ओम्नी, कहिले विशाल ग्रुपको कुरा गरेको सुन्छु । जसलाई जे मुख छोडे पनि सन्तोष हुन्छ भने त बेग्लै कुरा भो’, उनले भने, ‘कहिले ओम्नी ग्रुप कोबाट सञ्चालित छ भनेको छ। कहिले विशाल ग्रुपको साँठगाठबाट भनेको छ ।’


कस्तो लाग्यो ?

यो पनि