बैशाख २२, २०८१, शनिबार
               

कोरोना रोकथाम नियन्त्रणका लागि भएको नौ अर्ब ८७ करोडको हिसाबकिताब माग

नेपाल फ्ल्यास
जेठ २७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा गरेको ९ अर्ब ८७ करोड खर्चको हिसाबकिताब मागेका छन् । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा ९ अर्ब ८७ करोड खर्च भएको बताएपछि पाँच पीसीआर मेसिन र २५ हजार पीसीआर किन्दा कसरी यत्रो रकम खर्च भयो भन्दै थापाले सोको हिसाबकिताब मागेका हुन् । 

उनले भने, ‘१० अर्ब खर्चको हिसाब चाहिन्छ । ५ पीसीआर मेसिन र २५ हजार पीसीआर किट किनेर १० अर्बको हिसाबकिताब देखाउनुपर्दैन ।’ 

साथै, उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्, अदालत, नागरिक, विज्ञका कुरालाई बेवास्था गर्दा कोरोनाले महामारीको रुप लिएको बताएका छन् ।

‘सरकारले संसद्मका सुझाव, संसद्, अदलत, प्रेस, नागरिक कसैका कुरा  नसुन्दा आज यस्तो अवस्था सिर्जना भएको हो,’ उनले भने, प्रधानमन्त्रीलाई  कोरोना नियन्त्रणका लागि अदालत, संसद्, नागरिक, प्रेस कसले रोक्यो ।’

कोरोनाका कारण विदेशमा मृत्यु हुनेको संख्याको समेत सरकारले सही तथ्यांक नदिएको बताउँदैसुत्केरीले अस्पताल जान नपाएर मृत्यु भएको, क्वारेन्टाइनमा ज्यान गएकाको, भोकले मृत्यु भएका र आत्महत्या गरेकाको जिम्मा कसले लिने भन्दै सरकारसँग असन्तुष्टि उनले पोखे । 

कोरोनाका कारण मृत्यु भएकाको परीक्षण किन नगरेको भनी उनले सरकारसँगप्रश्न गरे । 

त्यस्तै, उनले सरकार विदेशमा फसेका आफ्ना नागरिक स्वदेश ल्याउने विषयमा पनि सरकार अल्मलिएको बताउँदै सरकार कृषक, मजदुर, साना र ठूला उद्योगीले प्रधानमन्त्रीको गीतबाट राहत नपाउने बताए । 
 


कस्तो लाग्यो ?

यो पनि