असोज ०६, २०८१, आइतबार
               

नेकपा सचिवालय बैठक स्थगित

नेपाल फ्ल्यास
जेठ २७, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित भएको छ ।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे छलफल गर्न आज (मंगलबार) ४ बजे सचिवालय बैठक बोलाइएको थियो । 

संसदको कार्यसूचीसँग समय जुधेका कारण आजको सचिवालय बैठक स्थगित गरिएको बताइएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा नेपालको अन्तर्राष्ट्रिय सीमासहितको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न पेश भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथि सैद्धान्तिक छलफलको कार्यसूची राखिएको छ।

सरकारले यही जेठ ७ गते नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्शा जारी गरेपछि सोहीअनुसार नक्शा र निशान छापलाई संविधानको अंग बनाउन सर्वदलीय सहमतिका आधारमा संविधान संशोधन गर्न लागिएको हो।


कस्तो लाग्यो ?

यो पनि