बैशाख १७, २०८१, सोमबार
               

सार्वजनिक यातायत सञ्चालनसम्बन्धी छलफल सुरु

नेपाल फ्ल्यास
जेठ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले सार्वजनिक यातायात सञ्चालनसम्बन्धी छलफल सुरु गरेको छ ।

बन्दाबन्दीका कारण करिब साढे दुई महिना ठप्प भएका सार्वजनिक यातायात सेवालाई पुनः सञ्चालनका लागि यातायात व्यवस्था विभागले सरोकारवाला निकायसँग छलफल थालेको हो  । 

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ जोखिम कम गर्दै यातायात सञ्चालनसम्बन्धी कार्यविधि बनाएर विभागले छलफल सुरु गरेको छ । 

सरकारले रेड, ग्रिन र एल्लो जोन निर्धारण गरेर बन्दाबन्दीको स्वरुप परिवर्तन गर्न सकिने विषयमा छलफल गरिरहेको छ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले जोखिम कम भएका स्थानमा सार्वजनिक यातायात सञ्चालनका विषयमा छलफल थालेको जानकारी दिए । 

छलफलमा सार्वजनिक यातायातभित्र यात्रुबीच दूरी कायम गर्ने, सवारी साधनलाई सुरक्षित बनाउने, भाडा दिने/लिनेबारे विषय समावेश भएको बताइएको छ । 

छलफलका लागि बनेको कार्यविधिमा यात्रु राख्ने, भाडा दिँदा विद्युतीय प्रविधिबाट वा बाकसमा यात्रुले राख्ने र नियमित रुपमा सवारी साधनमा सङ्क्रमण हटाउने कुरा उल्लेख छ ।

कसरी यात्रु र सवारी साधनका कर्मचारी सुरक्षित भएर सञ्चालन गर्ने भन्नेमा छलफल भइरहेको विभागका महानिर्देशकले बताए । 

बन्दाबन्दी खुकुलो गरेर विभिन्न कार्यालय सञ्चालनमा आउँदा सार्वजनिक सवारीसाधन पनि खुलाउनुपर्न सक्ने दबाब आएको महानिर्देशक हमालले बताए । उनले भने, ‘अरु सेवा खुलिरहँदा त्यसको पूर्तिका लागि पनि यातायात खुलाउनुपर्छ ।’

बन्दाबन्दीका बीचमा पनि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा पनि सार्वजनिक यातायातका विषयमा छलफल भइरहेको उनले बताए । 

सुरुमा ठूला र साना कस्ता सवारी साधन वा कति सङ्ख्यामा कसरी सवारी साधन खुलाउन सकिन्छ भन्ने विषयमा पनि छलफल भइरहेको छ ।

विभागले अहिले आवश्कतानुसार बैठक गरेर छलफल गरिरहेको उनले बताए । भाडादरका विषयमा भने तत्काल भाडा बढाउन सकिने अवस्था नरहेको उनको भनाइ छ । 

यातायात व्यवसायीले भने सार्वजनिक यातायात सञ्चालन गर्नु पहिले सरकारले स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नुपर्ने उनले बताए । 

यो पनि