असोज ०६, २०८१, आइतबार
               

काम नलाग्ने अंग हराएर गएझै प्रदेश सरकार हराउने बिडारीको विष्लेषण

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय सभाका सदस्य नारायणप्रसाद विडारीले डार्विनको सिद्धान्तसँग तुलाना गर्दै प्रदेश सरकार विस्तारै हराएर जाने बताएका छन्  ।

‘डार्विनको सिद्धान्तअनुसार विकासवादी सिद्धान्तअनुसार जुन अंगले काम धेरै गर्दैन त्यो अंग विस्तारै लोप भएर जान्छ’, बिडारीले भने, ‘त्यस्तै भयो कि प्रदेश सरकार । प्रदेश सरकारलाई सक्रिय बनाउन किन सकिएन? यदि सक्रिय बनाउन सकिएन भने संघीयतामा आँच आउनेभयो ।’ 

यसका अलवा उनले प्रदेश सरकारलाई बाँदरको पुच्छरजस्तो बनाउन खोजिएको पनि बताएका छन् । 

बाँदरको पुच्छर लौरो न हतियार भनेको टेक्न पनि नहुने कुटन पनि नहुने बताउँदै सो पुच्छर विस्तारै लोप भएको उनले बताए । उनले  भने, 'अहिलेको सरकारमध्ये प्रदेश सरकारलाई त्यस्तै बनाउन खोजिएको छ ।' 

कोरोना रोकथामका लागि प्रदेश सरकार कुनै काम नगर्ने, तर गाडी किन्न तम्सिने गरेकाले बाँदरको पुच्छरजस्तो काम नलाग्ने भएको र विस्तारै हराउँदै जाने खतरा बढेको उनले बताए ।  

‘तीन तहको सरकारमध्ये एउटा सरकार धेरै सक्रिय भएको देखिएन । योबेला महँगा गाडी किन्ने समय होइन,’ उनले भने,  ‘प्रदेशले, महँगा गाडी किन्यो रे सरकारले विभिन्न सुविधा थप्यो रे सरकारले, यस्तो प्रकारका समाचार व्यापक रुपमा आइरहेका छन् ।’

योबेला विलासिताको सामान किन्ने बेला नभएको बताउँदै उपचारमा सक्रियता नदेखाए उपयोगहीन अंग लोप हुने उनले बताए । 

दैनिक कमाई गरेर खर्च गर्ने एकथरी, महिनादिन कमाएर खर्च धान्ने एकथरी, संगठित संस्थाका श्रमिकहरु र असंगठित संस्थाका श्रमिकहरुको बीचमा ड्राइभर, खलासी, भरिया र किसान इत्यादिलाई लकडाउनले ठूलोभन्दा ठूलो असर परेको उनले बताए । 

‘सरकरको ध्यान त्यता अलि बढी जानु पर्‍यो अहिले गएको पुगेन,’ उनले भने । 

किसानले उत्पादनको बिक्री नहुने, अस्पताल पुगेको छैन, औषधि छैन, मेसिन नभएर जाँच्न नसकिएको बताउँदै स्वास्थ्यकर्मीको अभावमा अनेक व्यवस्थामा अव्यवस्थै अव्यवस्था भएको उनले बताए । 

यो पनि