मंसिर ०१, २०८१, शनिबार
               

सांसद गंगाको अभिव्यक्तिप्रति चन्दाको आक्रोश, सभामुखको यस्तो आग्रह

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सांसदलाई सदनमा बोल्ने क्रममा व्यक्तिगत टीकटिप्पणी र आरोप-प्रत्योरोपतिर नजान ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय जनता पार्टीकी चन्दा चौधरीले यही जेठ १९ गतेको बैठकमा एक सांसद (गंगा चौधरी सत्गौवा) ले गरेको गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै सो विषय रेकर्डबाट हटाउन माग गरेपछि सभामुखले सो आग्रह गरेका हुन् ।

सभामुखले सो विषयका बारेमा सबै विवरण लिई कार्यव्यवस्था समितिमा राखेर छलफल गरिने जनाउँदै  त्यस सम्बन्धमा रुलिङ भइसकिएकाले प्रवेश नगर्न आग्रह गरे । 

साथै उनले वर्तमान संकटमा पनि सदन चलाएर राष्ट्रिय महत्वका विषयमा निष्कर्षतिर गइरहेका बेलामा व्यक्तिगत टीकाटिप्पणी र आरोपप्रत्योरोपतिर नजान अनुरोध गरे ।

राजपाकी सांसद चन्दा चौधरीले नेकपा सांसद गंगा चौधरी सत्गौवाको भनाइको खण्डन गर्दै उनको भनाई रेकर्डबाट हटाउन माग गरेकी छिन् । आइतबार प्रतिनिधि सभाको बैठकमा विनियोजित बजेटको खर्च कटौतीमाथिको प्रस्तावमा बोल्ने क्रममा विषयमा वस्तुमा प्रवेश नगरेर उनको गंगा चौधरीको आलोचना गरेकी हुन् ।

सभामुख अग्नि सापकोटाले आफूले सो विषयमा रुलिङ गरिसकेको र विषयबस्तुमा प्रस्वेश गरेर बोल्न आग्रह गरे । तर सांसद चन्दा चौधरीले गत जेठ १९ गते संसदमा ‘विदेशी चेलीको दादागिरी’ भन्ने शब्द रेकर्डबाट हटाउन माग गरिन् ।

सांसद चन्दा चौधरीले सदनमा हिन्दी भाषामा बोलेका आधारमा भारतीय चेली भनेर गरिएको टिप्पणीप्रति आपत्ति प्रकट गर्दै संसद् नियमावलीमा नै आफूलाई सहज हुने भाषामा सदनमा बोल्न पाउने व्यवस्था रहेको बताएकी छिन् । 

यो पनि