जेठ ०६, २०८१, आइतबार
               

एमसीसीबारे छलफल गर्न नेकपाले बोलायो सचिवालय बैठक

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का बारेमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ ।

नेकपाले एमसीसीका बारेमा छलफल गर्न भोलि (सोमबार)  ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय  बैठक बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

अघिल्लो सचिवालय बैठकले एमसीसीबारे छलफल गर्न छिट्टै अर्को सचिवालय बैठक बोलाउने निर्णय गरेअनुरुप भोलि बैठक बोलाइएको प्रवक्ता श्रेष्ठले बताए ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली एमसीसी सम्झौता संसदबाट तत्काल पास गर्नुपर्ने पक्षमा छन् ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको एमसीसी अध्ययन कार्यदलले पेस गरेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि