बैशाख २२, २०८१, शनिबार
               

थापाले गरे तुलना संघीय सांसदलाई वडाध्यक्षसँग

नेपाल फ्ल्यास
जेठ २४, २०७७

ADVERTISEMENT

काठमाडाैं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले संघीय सांसदलाई वडाध्यक्षसँग तुलाना गरेका छन् । 

शनिबार बसको प्रतिनिधि सभाको बैठकमा विनियोजित बजेटको मन्त्रालयगत शीर्षकमाथि भएको छलफलमा सांसद थापाले वडाध्यक्षसँग संघीय सांसदको तुलना गरेका हुन् । 

‘स्थानीय पूर्वाधार कोषबाट सांसदहरुले वडाअयक्ष जस्तो पैसा लिन थाल्यौँ, उनले भने, स्थिति पहिलाभन्दा बिग्रियो । हाम्रो हैसियत वडाध्यक्षको जस्तो भएको छ ।’

स्थानीय पूर्वाधार विकासको नाममा योजना छनोट गरी बजेट लिने परम्पराले संघीय सांसदको हैयित वडाध्यक्षको जस्तो भएको उनले बताए । साथै, उनले सांसद विकास कोष बन्द गर्नुुपर्ने बताए । 

यसका अलवा उनले कानुन बदल्नुपर्ने भएकाले त्यसको प्ररम्भ वडाध्यक्ष भएर नभई विधायक भएर गर्नुपर्ने बताए । 


कस्तो लाग्यो ?

यो पनि