जेठ ०७, २०८१, सोमबार
               

उपत्यकामा लकडाउन खुकुलो हुने सम्भावना बढ्यो

नेपाल फ्ल्यास
जेठ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउन खुकुलो हुने सम्भावना बढेको छ । 

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सरोकारवाला निकाय लकडाउन खुकुलो बनाउन तयार भएसँगै उपत्यकामा लकडाउन खुकुलो हुने सम्भावना बढेको हो ।

उद्योगी तथा व्यापारीले लकडाउन उल्लघंन गर्दै व्यवसाय सञ्चालन गर्न थालेपछि त्यसैको दबाबमा बिहीबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकामा लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । 

यसका सथै संयुक्त बैठकले गरेको उपत्यकामा लकडाउन खुकुलो पार्ने सो निर्णय गृह मन्त्रालयमार्फत उच्चस्तरीय समितिलाई बुझाइने भएको छ । 

तर, बैठकले  लकडाउन खुकुलाे भए पनि तत्काल सार्वजनिक यातायात, शैक्षिक संस्था, सिनेमा हल, सभा सम्मेलन तथा भेला हुन भने नपाइने निर्णय गरेको छ । 

बैठकले गरेका निर्णय उच्चस्तरीय समितिमा पठाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई जिम्मा दिइएको छ । 

व्यवसायीले लकडाउनको उल्लंघन गर्दै बिहीबारदेखि पसल खोलेपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालाको बैठकले लकडाउन खुकुलो पार्न यस्ताे निर्णय गरेको हो । 

यो पनि