जेठ ०१, २०८१, मंगलबार
               

संघीयता खारेजको माग गर्दै संविधान संशोधन विधेयक दर्ता

नेपाल फ्ल्यास
जेठ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल–भारतबीचको भूमि समेटेर नक्सा जारी गरी त्यसलाई औपचारिकता दिन संविधान संशोधन विधेयक दर्ता भएसँगै संसदमा एकपछि अर्को गर्दै संविधान संशोधन विधेयक दर्ता भएका छन् । 

नेपाली कांग्रेस र मधेस केन्द्रित दलले संविधान संशोधनका लागि संसदमा संविधान संशोधन विधेयक दर्ता गरेसँगै राष्ट्रिय जनमोर्चाले पनि संघीयता खारेजको माग राख्दै संसदमा संविधान संधोशन विधेयक दर्ता गराएको छ । 

प्रादेशिक संरचना र संघीयतासँग सम्बन्धित रहेका संविधानको ९२ ठाउँमा संशोधन माग गर्दै जनमोर्चाकी सांसद दुर्गा पौडेलले बुधबार गैरसरकारी विधेयक दर्ता गरेकी हुन् ।

पौडेलले स्थानीय सरकारलाई स्वायत्त अधिकार दिने र प्रादेशिक संरचना खारेज गर्ने नै आफ्नो मुख्य प्रस्ताव रहेको बताइन् ।

साथै उनले स्थानीय सरकारलाई स्वायत्त अधिकार दिने र प्रादेशिक संरचना खारेज गर्नुपर्ने बताउँदै उनले संघीयतासम्बन्धी व्यवस्था रहेका संविधानकाे ९२ ठाउँमा संशोधनको प्रस्ताव गरेकी छिन् । 

भारतले नेपालको भूमि मिचेको र त्यसलाई फिर्ता ल्याउन राष्ट्रिय एकतास्वरुप संसदमा सरकारले संविधान संशोधन विधेयक दर्ता गरेपछि प्रमुख नेपाली कांग्रेस, मधेसकेन्द्रित दल र राष्ट्रिय जनमोर्चाले गैरसरकारी संविधान संशोधन विधेयक दर्ता गराएका हुन् । 
 

यो पनि