बैशाख २३, २०८१, आइतबार
               

‘कर तिर्न लगाउने उर्दीबाट सरकारको दरिद्र मनोविज्ञान छर्लङ्गै’

नेपाल फ्ल्यास
जेठ २१, २०७७

ADVERTISEMENT

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले लोकहित र लोकसम्मतिविपरीत कर तिर्न लगाउने बाध्यकारी उर्दीबाट असफल सरकारको दरिद्र मनोविज्ञान छर्लङ्ग भएको बताएका छन् ।

असाधारण संकटमा समयसीमा तोकेरै कर तिराउने सरकारको निर्णयलाई राप्रपा अध्यक्ष राणाले अर्थमन्त्रीको अनर्थको धम्कीको संज्ञा दिँदै विरोध गरेका छन् ।

‘७२ दिनयता देश बन्दाबन्दीमा छ । बन्द व्यापार, व्यवसाय ठप्प छ । कर भनेको आम्दानी या सुविधा बापतको हो जबकि अहिले न आम्दानी छ न सुविधा,’ बुधबार उनले ट्वीट गर्दै भने, ‘तै जेठ २५ भित्र कर तिर्न सरकारको उर्दी छ । अर्थमन्त्रीको अनर्थको धम्की लोकहित, लोकसम्मतिविपरीत छ । असफल सरकारको दरिद्र मनोविज्ञान छर्लङ्ग भएको छ ।’
 


कस्तो लाग्यो ?

यो पनि