बैशाख २३, २०८१, आइतबार
               

चीनले लिपुलेकबारे गरिएको सहमति सच्याउनुपर्ने

नेपाल फ्ल्यास
जेठ २०, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले लिपुलेक प्रयोगबारे चीन र भारतबीच भएको सहमती सच्याउनु पर्ने माग गरेका छन् ।

‘मंगलबार बसेको राष्ट्रिय सभा बैठकमाबोल्दै उनले चीन र भारतबीच लिपुलेकको बारेमा भएको सम्झौताले नेपालको सार्वभौमिकता र अखण्डताको सम्मान गर्दैन, बरु अतिक्रमित गर्ने प्रवृत्तिलाई नै बल पुर्याउँछ,’ भने, ‘चीनलाई त्यो सहमतिको बारेमा आत्मसमीक्षा गर्न, त्यसबारे आफ्नोस्थिति स्पष्ट पार्न र सच्याउनका लागि विशेष अपिल गर्न चाहन्छु ।’

१ जेठ २०७२ मा चिनियाँ प्रधानमन्त्री ली खस्याङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच लिपुलेक नाकालाई व्यापारिक तथा तीर्थयात्री आवतजावत गर्ने केन्द्र बनाउने सहमती भएको थियो ।

सार्वभौम मुलुक नेपालको भूभाग प्रयोगबारे दुई छिमेकीले एकतर्फी सहमती गरेयता त्यसको व्यापक विरोध हुँदै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि