काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले सरकारले अहिले ल्याएको बजेट स्वीकार्न नसकिने बताएकी छिन् ।
अर्थमन्त्रीलाई आफू पनि पिएचडी डक्टर भएको स्मरण गराउँदै उनले अर्थमन्त्रीले बजेट महिलामैत्री बजेट नल्याएको बताउँदै यस्तो बताएकी हुन् ।
साथै,संग्रौलाले अहिलेको बजेट महिलामैत्री नभएको पनि बताएकी छिन् ।
साथै, उनले राष्ट्रपति र प्रधानमन्त्रीलगायत राष्ट्रका प्रमुखले पाउने तलब भत्ता नकाटेकोमा प्रश्न उठाएकी छिन् ।
‘कर्मचारीहरुको भत्ता कटाइरहँदा राष्ट्रपति, प्रधानमन्त्रीलगायत राष्ट्रका प्रमुखले पाउने तलब भत्ता किन नकाटेको,’ उनले भनिन्, ‘प्रधानमन्त्री, राष्ट्रपतिसहित यो मुलुकको प्रमुख व्यक्तिहरुको भत्ता कटौती गर्न पर्छकी पर्दैन ।’
प्रतिपक्ष दलले सांसद विकास पूर्वाधार कोष कोरोना कोषमा लैजाउ भन्दा अर्थमन्त्रीले आँखा चिम्लिएको बताउँदै उनले खाडीबाट फर्कँदै गरेका नेपालीकाबारेमा सरकारले केही नसोचेको बताइन् ।