मंसिर ०७, २०८१, शुक्रबार
               

संविधान संशोधन विधेयक दर्ताका लागि राजपा संसद सचिवालयमा

नेपाल फ्ल्यास
जेठ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । राजपाका नेता नौ बुँदे संविधान संशोधनको प्रस्ताव लिएर पुनः संसद सचिवालय पुगेका छन् । 

शुक्रबार संविधान संशोधन विधेयक दर्ताका लागि संसद सचिवालय पुगेका राजपाका नेतालाई महासचिव डा.भरतराज गौतमले त्यसबारे सभामुखसँग सल्लाह गर्नुपर्ने भन्दै फिर्ता पठाएकाले उनीहरु आइतबार पुनः सचिवालय पुगेका हुन् । 

सरकारले संविधानका लागि संविधान संशोधनका लागि संसदमा संशोधन प्रस्ताव र त्यसैअनुरुप पास गर्ने तयारी गरिरहेको अवस्थामा मधेसकेन्द्रित राजपाका नेता नौ बुँदे संविधान संशोधन प्रस्ताव लिएर दर्ताका लागि गएका हुन् । 


कस्तो लाग्यो ?

यो पनि