जेठ ०३, २०८१, बिहीबार
               

कोरोना संक्रमणसँगै आक्रोश पनि बढिरहेको छ: कमल थापा

नेपाल फ्ल्यास
जेठ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा सरकारले राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् ।

सिमावर्ती क्षेत्रमा आवागमन नियन्त्रण, क्वारेन्टाइन व्यवस्थापन र परीक्षणको दायरा बढाउन सरकार कमजोर देखिएको उनले बताए ।

सामाजिक सञ्जाल ट्विटरमा आज ट्विट गर्दै थापाले 'कोभिड–१९ नियन्त्रणमा सरकारले राम्रो काम गर्न नसकेको' आरोप लगाएका हुन् ।

देशमा कोरोना संक्रमणको खतरा बढ्दै गएको बताउँदै उनले 'सरकारप्रति नागरिकको समेत आक्रोश बढिरहेको' उल्लेख गरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बेलैमा ध्यान नदिए परिस्थिति नियन्त्रण बाहिर जाने उनको टिप्पणी छ । 

पछि पछुताउनुभन्दा बेलैसमा सजग बनेर काम गर्न उनले सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।


कस्तो लाग्यो ?

यो पनि