काठमाडौं । सघीय संसदको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई आर्थिक प्याकेज घोषणा र पीसीआर परीक्षण बढाउन निर्देशन दिएको छ ।
आर्थिक प्याकेज र परीक्षणको दायरा नबढाए भयाभव स्थिति आउने भन्दै शनिबार बसेको सचिवालय बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।
अहिलेकै स्थितिमा परीक्षण दर रहने हो भने स्थिति भयाभह हुने बताउँदै समिति सभापति पवित्रा निरौलाले सरकारलाई परीक्षणको दायरा बढाउन निर्देशन दिएको बताइन् ।
यसैगरी, समितिले कोरोना संक्रमितलाई राख्ने क्यारेन्टिनलाई अझै व्यवस्थित गर्न निर्देश दिएको छ ।
विगतमा भन्दा केही सुधारउन्मुख भएको बताउँदै समितिले यसलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएको बताएको छ ।
समितिले मुख्यतयाः भारतीय सीमा जिल्लालाई लक्षित गर्दै सरकारलाई यस्तो निर्देशन दिएको हो ।