बैशाख २५, २०८१, मंगलबार
               

पार्टी स्थापनाको ३१औं वर्ष प्रवेशको अवसरमा राप्रपाको शुभकामना

नेपाल फ्ल्यास
जेठ १६, २०७७

ADVERTISEMENT

राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापनाको ३१औं बर्ष प्रवेशको अवसरमा पार्टी केन्द्रीय सचिवालयको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ । हिजो  पार्टी केन्द्रीय सचिवालयको तर्फबाट स्वदेश तथा विदेशमा रहेका पार्टीका सम्पूर्ण नेतागण, कार्यकर्ता, समर्थक एवं शुभेच्छुकप्रति  शुभकामना व्यक्त गरेको हो । 

पार्टी स्थापनाको अवसरमा पार्टीका दिवंगत संस्थापक नेता तथा पार्टीको आदर्शप्रति प्रतिबद्ध रही राष्ट्रियता र प्रजातन्त्रका लागि सहादत प्राप्त गरेका सहिदहरुप्रति श्रद्धाञ्जली समेत दिएको छ ।

राप्रपाले नेपाली मौलिकता, परम्परा, संस्कृति र विचारको जगमा खडा रहको, राष्ट्र निर्माता तथा राष्ट्रिय एकताका प्रतिक पृथ्वीनारायण शाहका विचारलाई मार्गदर्शक सिद्धान्त मान्ने राष्ट्रियता, प्रजातन्त्र, उदारवाद र सम्बद्र्धनवादका सिद्धान्तलाई आत्मसात गरेको पार्टी भएको कारणले वर्तमान परिवेशमा पार्टीको आवश्यकता, औचित्य र भूमिका थप महत्वपूर्ण र सघन बन्दै गएको  केन्द्रीय सचिवालय केन्द्रीय सचिवालयका प्रमुख भाष्कर भद्राले बताए ।

उनले भने, ‘नेपालीको पहिचान र मौलिकतालाई जीवन्त राख्ने उदेश्यबाट पार्टीले राजसंस्था सहितको प्रजातन्त्र, हिन्दुराष्ट्र पुनस्र्थापना र शक्ति हस्तान्तरणको सिद्धान्तमा आधारित सुदृढ स्थानीय स्वायत्त शासनलाई आफ्नो मूल कार्यभार बनाएको छ ।’

 अर्का केन्द्रिय समितिका प्रमुख ध्रुबबहादुर प्रधानले निषेधको जगमा निर्मित इतिहासले सवल र सार्थक परिणाम दिन नसक्ने हुँदा राप्रपा निरन्तरता सहितको परिवर्तनको पक्षमा रहेको बताएका छन् ।

राप्रपाले पार्टीको ३१औं स्थापना दिवसको अवसरमा विश्वमा महामारीको रुपमा संक्रमित कोभिड–१९ को अन्त्य, नेपाल–भारत वीच विद्यमान सीमा अतिक्रमणको दीर्घकालिन समाधान तथा कोरोनाको प्रहारबाट ध्वस्त आर्थिक पक्षलाई पूर्व अवस्थामा ल्याउन सफलता मिलोस भन्ने कामना समेत गरेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि