मंसिर ०७, २०८१, शुक्रबार
               

सांसद काेषकाे रकम घट्याे

नेपाल फ्ल्यास
जेठ १५, २०७७

ADVERTISEMENT

काठमाडाैं ।  अर्थमन्त्री युवराज खतिवडाले सांसद कोषका लागि ६ अर्ब ६० करोड रकम विनियोजन गरेका छन् ।

सो कार्यक्रमअन्तर्गत अर्थमन्त्री खतिवडाले यस वर्ष प्रत्येक निर्वाचन क्षेत्रलाई ४/४ करोडका दरले विनियोजन गरेका छन् । 

विगतका वर्षहरूमा प्रत्येक निर्वाचन क्षेत्रका ६/६ करोड रुपैयाँ छुट्याइँदै आइएको थियो । 

विगतमा आलोचना खेपेको प्रत्यक्ष निर्वाचित सांसदले परिचालन गर्ने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमले यसवर्ष पनि निरन्तरता पाएको हो । 

अर्थ मन्त्री खतिवडाले सबै स्थानीय तह तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा साधन स्रोतको वितरण समन्यायिक तुल्याउन एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक, प्रत्येक निर्वाचन क्षेत्रमा विद्युत्, कृषि, सिँचाइ र नदी नियन्त्रण लगायत पूर्वाधार विकास कार्यक्रमबाट बजेट विनियोजन गर्ने व्यवस्था मिलाई सबै निर्वाचन क्षेत्रमा स्वास्थ्य तथा पूर्वाधार विकासका बाँकी कार्य सम्पन्न गर्न स्थानीय पूर्वाधार विकास साँझेदारी कार्यक्रमअन्तर्गत ६ अर्ब ६० करोड बजेट विनियोजन गरेको बताए । 
 


कस्तो लाग्यो ?

यो पनि