बैशाख १२, २०८१, बुधबार
               

पूर्वगृहमन्त्री जनार्दन शर्माले फिर्ता गरे गाडीसहित सुरक्षाकर्मी

नेपाल फ्ल्यास
जेठ १५, २०७७

ADVERTISEMENT

पूर्वगृहमन्त्री जनार्दन शर्माले गाडीसहित आफ्नो सुरक्षामा खटिँदै आएका सशस्त्र प्रहरी फिर्ता गरेका छन् । शर्माले सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनाललाई फोन गरी आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका थिए । 

जसअनुसार बिहीबार आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई धन्यवादसहित बिदाइ गरेको सचिवालयले जनाएको छ । शर्माको सुरक्षामा सशस्त्रका १० जना सुरक्षाकर्मी खटिँदै आएको थियो । 

नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्यसमेत रहेका शर्माले राष्ट्र र जनताको सुरक्षा नै मुख्य कुरा भएकाले गाडीसहितको सशस्त्र प्रहरी फिर्ता गर्ने निर्णय गरेको उनको सचिवालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि