मंसिर ०१, २०८१, शनिबार
               

ओली–देउवा टेलिफोन वार्तासँगै संविधान संशोधन कार्यसूची सर्‍यो

नेपाल फ्ल्यास
जेठ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं । नेकपाका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच टेलिफोन वार्ता भएको छ । 

संविधान संशोधनबारे अन्यौल भइरहेका बेला प्रधानमन्त्री केपी ओेली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बिहीबार टेलिफोन वार्ता भएको हो ।

दुई नेताबीचको टेलिफोन संवादसँगै संविधान संशोधनको कार्यसूची सरेको छ । 

संविधानको कार्यसूची शुक्रबार राख्ने तयारी  थियो । तर, दुई नेताबीच भएको टेलिफोन वार्तासँगै संविधान संशोधन विधेयक १८ गतेभन्दा अगाडि नहुने भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीसँग १८ गतेसम्मका लागि समय माग गरेकाले सो कार्यसूची सरेको बताइएको छ । 

संवादमा देउवाले १७ गते केन्द्रीय समितिको बैठक बोलाएकाले १८ गते पछाडि मात्रै कार्यसूचीमा राख्न आग्रह गरेका बताइएको छ । 

यो पनि