बैशाख १७, २०८१, सोमबार
               

सेना परिचालनका लागि केन्द्र सरकारसँग माग

नेपाल फ्ल्यास
जेठ १४, २०७७

ADVERTISEMENT

काठमाडौं । कर्णाली प्रदेश सरकारले सेना परिचालनका लागि केन्द्र सरकारसँग स्वीकृति माग गरेको छ । 

प्रदेश सरकारले रोकोना भाइरस (कोभिड–१९) रोकथामका लागि सेना परिचालनका लागि  केन्द्र  सरकारसँग स्वीकृति मागेको हो ।

प्रदेशमा कोरोना फैलिन थालिइसकेको र नेपाल प्रहरी तथा सशस्त्रले शान्ति सुरक्षासम्बन्धी अन्य कामसमेत गर्नुपर्ने भएकाले मन्त्रिपरिषदको बैठकले सेना परिचालनका लागि स्वीकृति मागेको सरकारकी प्रवक्ता विमला केसीले बताइन् । 

ठूलो संख्यामा भारतबाट फर्किएका कोरोना प्रभावितहरुको उद्धार र व्यवस्थापनका लागि भन्दै  सेना परिचालन गर्न प्रदेश सरकारले अनुमति मागेको हो ।

प्रदेश सरकारले कोरोनाका कारण रोजगारी गुमेपछि औसतमा दैनिक चार हजार कर्णालीवासी भारतबाट फर्किने गरेको बताउँदै आएको छ । कर्णालीमा हालसम्म भारतबाट आएका २३ जनामा कोरोना पुष्टि भएको छ । 

यो पनि