असोज ०५, २०८१, शनिबार
               

रुकुम घटना : राजनीतिक रंगले निर्मला हत्या प्रकरणजस्तै गिजोलिने खतरा
रुकुम र जाजरकोटका पूर्वगृहमन्त्रीले दोषी बचाउन खोजेको आरोप

नेपाल फ्ल्यास
जेठ १३, २०७७

ADVERTISEMENT

रुकुम पश्चिममा दलित युवाको हत्या भएको घटनालाई ढाकछोप गरी दोषी लुकाउन सत्ताधारी दल र त्यसका नेताहरुले षड्यन्त्र गरेको विपक्षी दलले आरोप लगाएको छ । संसदका दुवै सदनमा संसदीय छानबिन समिति गठनको माग उठाएको  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सो घटना निर्मला पन्त हत्याकाण्ड जस्तै गिजोलिने आशंका व्यक्त गरेको छ । घटनालाई ढाकछोप गरी दोषी लुकाउन सत्ताधारी दल र त्यसका नेताहरुले षड्यन्त्र गरेको काग्रेस नेताहरुको आरोप छ ।

राजनीतिक दबाब र प्रभावमा रुकुम र जाजरकोटका जिल्ला प्रशासन कार्यालयले किटानी जाहेरी समेत लिन नमानेको पीडितको गुनासो छ । घटनामा संलग्न भनी पक्राउ गरेका मानिसलाई राजनीतिक पहुँचको आधारमा छोड्नका लागि षड्यन्त्र भइरहेको कांग्रेस नेता मीनबहादुर विश्वकर्माले बताए । राजनीतिक दबाब दिइएकोले रुकुम र जाजरकोट दुबै जिल्ला प्रहरी कार्यालयले उजुरी लिनसमेत नमानेको कांग्रेस नेता मीनबहादुर विश्वकर्माले आरोप लगाए । 

प्रतिनिधिसभाबाट घटनाको छानबिन गर्नका लागि संसदीय समिति गठन गर्न माग गरेका उनले नेपाल फ्ल्याससँग भने ‘गृहमन्त्रीले संसदमा जवाफ दिँदा जाहेरी आएको छैन भन्नुभयो, घटनाका दोषीलाई बचाउन जाहेरी नलिने काम भएको छ । समिति बनाएको भनिएको छ, त्यो दोषी  बचाउनको  लागि हुन पनि सक्छ, दोषी नउम्कियोस् भन्नका लागि मैले संसदीय समिति गठनको माग गरेको हुँ ।’
घटनामा राजनीतिकरणका कारण अहिले बनेको समितिले सत्यतथ्य पत्ता लगाउन नसक्ने भन्दै सासंद विश्वकर्माले संसदीय समितिको  गठन हुनैपर्ने जिकिर गर्छन् । ‘संसदीय समिति गठन नहुने हो भने, यो घटना सत्यतथ्य उजागर हुँदैन, निर्मला पन्त बलात्कार हत्या प्रकरण जस्तै गिजोलिने खतरा देखेको छु,’ काँग्रेस सांसद विश्वकर्माको भनाइ छ ।

शनिबार राति रुकुम पश्चिममा दलित युवाले कथित उपल्लो जातिकी युवतीसँग बिहे गर्न जाँदा स्थानीयको आक्रमणमा परी तीन युवाले ज्यान गुमाए । रुकुम पश्चिममा भएको घटनामा युवतीसँग विवाह गर्न गएका जाजरकोटका नवराज विक र उनलाई सहयोग गर्न गएका टीकाराम सुनार र गणेश बुढाको केटी पक्षको आक्रमणमा परेर मृत्यु भएको हो । अरु  तीनजना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा सन्दिप विक, लोकेन्द्र सुनार र गोविन्द शाही रहेका छन् । सो घटना मंगलबार प्रतिनिधिसभामा प्रवेश गरेको हो । बैठकमा रुकुमबाट निर्वाचित सांसद जनार्दन शर्माले बोल्ने क्रममा ‘छुवाछुतको घटनामा राजनीति हुन सक्दैन’ भनेपछि प्रतिपक्षी कांग्रेसका सांसदहरूले आफ्नो सिटबाट उठेर विरोध जनाएका थिए । उनले त्यसो भन्नुका पछाडि उनले राजनितिक रंग दिएको र त्यसलाई डाइभर्ट गर्न खोजेको रुपमा कांग्रेसले बुझेको छ । 

घटनामा नेकपाका स्थानीय नेता तथा वडाअध्यक्ष संलग्न रहेकाले उनीलगायत अरुलाई बचाउन प्रर्वगहृमन्त्रीहरु लागि परेका कांग्रेसका नेताहरु बताउँछन् । घटनामा पूर्वगृहमन्त्री शर्मा नै पीडकको पक्ष लिएर राजनीतिक पहुँचको आधारमा दोषीलाई उन्मुक्ति दिने खेलमा लागेको आरोप लगाएका छन् । ‘पीडितले रुकुममा किटान जाहेरी दिँदा, तपाईँहरु जाजरकोटको मान्छे उतै जाजरकोटमा जाहेरी देउ भनेर फर्काउने, जाजरकोटमा जाहेरी लिएर जाँदा घटना रुकुममा भएको हो त्यही गएर दिनुस भन्दै केही दिन झुलाए,’ कांग्रेसका एक नेताले भने, ‘रुकुमका निर्वाचित सांसद पूर्व गृहमन्त्री जनार्दन शर्मा र जाजरकोटका निर्वाचित सांसद तथा पूर्वगहृमन्त्री शक्तिबहादुरले आ–आफ्नो जिल्लाका सिडिओलाई दबाब दिएर दोषीलाई उन्मुक्ति दिन प्रपन्च रचेका हुन् ।’ 

कांग्रेस सांसद प्रकाश रसाइली स्नेहीले संसदमै घटनामा पूर्वगृहमन्त्री शर्मा र बहालवाला मन्त्री तथा पूर्वगृहमन्त्री बस्नेतले राजनीतिक रंग दिइरहेको बताएका छन् । उनले संसदमै भने ‘जाजरकोट र रुकुमका पूर्वगृहमन्त्री मिलेर त्यो घटनालाई के गरिरहेका छन् भन्ने हामीलाई पनि जानकारी छ ।


कस्तो लाग्यो ?

यो पनि