जेठ ०१, २०८१, मंगलबार
               

दोषीमाथि तुरुन्तै कारवाही गर्न विभिन्न सांसदको माग

नेपाल फ्ल्यास
जेठ १३, २०७७

ADVERTISEMENT

बैठकको शून्य समयमा सांसदहरूले जातीय विभेद उन्मूलन भइरहेको अवस्थामा दलित युवामाथि भएको ज्यादतिको छानविन गर्न र दोषीलाई कारवाही गर्न माग गरेका थिए ।

संविधानले जातीय विभेद अन्त्य गरिसकेको अवस्थामा अहिले पनि दलितमाथि दुर्व्यवहार हुनु दुःखद भएको र दलितमाथि दुर्व्यवहार गर्नेलाई कानूनअनुसार कारवाही गर्नुपर्नेमा जोड दिएका थिए । 

सांसद रामलखन चमारले जाजरकोटमा दलित भएको निहुँमा भएको कुटपटिपछि हत्या गरिएको घटनामा संलग्न सबैलाई कारवाहीको दायरामा ल्याउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराए । सांसद विमला राई पौडेलले जाजरकोटको समूहिक हत्याकण्डको भत्र्सना गर्दै सरकारले घटनाको उचित छानबिन गर्ने विश्वास गरे । 

सांसद सुमित्रा विसीले २१औँ शताब्दीमा पनि दलितमाथि हुने दुव्र्यवहार र हत्याको घटनाले स्तब्ध भएको उल्लेख गर्दै जाजरकोट घटनाको छानविन गर्न माग गरिन् । 
 


कस्तो लाग्यो ?

यो पनि