काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा अलपत्र परेका सबै नेपालीको उद्धार गर्न आदेश जारी गर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले विभिन्न मुलुकमा रहेका नेपालीलाई कोरोना महामारीको असरबाट जोगाएर स्वदेश फर्काउन सरकारले विशेष आदेश जारी गर्न लागेको बताएका हुन्।
साेमबार साँझ राष्ट्रकाे नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले सम्बन्धित मुलुकका राष्ट्र प्रमुखहरूसँग संवाद पनि भइरहेकाे बताएका हुन् ।
प्रधानमन्त्रीले धने- “मैले नेपालीहरू ठूलो संख्यामा कार्यरत रहेका मुलुकका सरकार तथा राष्ट्र प्रमुखसँग गम्भीर संवाद गरेको छु, नेपालीहरूको अप्ठ्यारोमा सहयोग गर्न मैले गरेको आग्रहमा उहाँहरूले निश्चिन्त रहन आश्वस्त पार्नुभएको छ”, प्रधानमन्त्रीले थपे, “यसका अतिरिक्त विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्कनु पर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था सम्बन्धी विस्तृत योजना सहितको आदेश तत्काल जारी गरिने छ ।”