बैशाख १८, २०८१, मंगलबार
               

दुवै सदनका संसदको लोगो परिवर्तन गर्ने राष्ट्रियसभाको निर्णय

नेपाल फ्ल्यास
जेठ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रियसभाले संघीय सांसद र राष्ट्रिय सभा सदस्यको लोगो परिवर्तनसम्बन्धी निर्णय गरेको छ ।   

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले नेपालको नक्साअनुसार दुवै  सदनका सांसदको लोगो परिमार्जन गर्ने निर्णय गरेको संघीय संसद सचिवालयले जनाएको छ ।

हाल दुवै  सदनका सांसदको लोगोमा नयाँ नेपालकाे नक्सामा अंकित लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत क्षेत्र छुटेको छ । 

राष्ट्रियसभाले संघीय ससदका सदस्यले प्रयोग गर्ने लोगोमा एकरुपमा ल्याउन प्रतिनिधिसभालाई पनि अनुरोध गर्ने निर्णय गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि