बैशाख १९, २०८१, बुधबार
               

टेलिफोन ट्रयापिङको अधिकार गुप्तचर निकायलाई दिने गरी विधेयक पारित

नेपाल फ्ल्यास
जेठ ०७, २०७७

ADVERTISEMENT

राष्ट्रिय सभाबाट व्यक्तिको टेलिफोन ट्र्यापिङको अधिकार गुप्तचर निकायलाई दिने गरी नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित भएको छ । 

राष्ट्रिय सभाले सो विधेयक बुधबार बहुमतले पारित गरेको हो । 

राष्ट्रिय सभाले पारित गरेको सो विधेयक अब प्रतिनिधि सभामा जानेछ । 

र, प्रतिनिधि सभाले पनि सो विधेयक तलमाथि नगरी पास गरे राष्ट्रिय अनुसन्धान विभागभित्र छुट्टै प्रतिगुप्तचरी संयन्त्र निर्माण हुनेछ । र सो प्रतिगुप्तचरी संयन्त्रले व्यक्तिको समेत फोन ट्र्यापिङको अधिकार प्राप्त गर्नेछ ।

प्रचलित कानुनअनुसार कल ट्र्यापिङका लागि अदालतको अनुमति अनिवार्य भए पनि राष्ट्रिय सभाबाट पारित सो विधेयकअनुसार गुप्तचर निकायले अदालतको अनुमति लिनुपर्दैन ।

बुधबार राष्ट्रिय सभाबाट पारित भएको सो विधेयकसम्बन्धमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले मुलुक र जनताको सुरक्षाका लागि आवश्यक व्यवस्थालाई समेटेर विधेयक ल्याइएको जानकारी दिइन् । 

‘मुलुकको सुरक्षा, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र नेपाली जनताको सुरक्षा, विशिष्ठ, अति विशिष्ठ व्यक्तिहरुको सुरक्षामा केन्द्रित छ,’ उनले भनिन्, ‘यही उद्देश्य र प्रयोजनका निम्ति यो विधेयक अगाडि बढाएका छौँ ।’ 

यो पनि