काठमाडाैं । नेपाली कांग्रेसका जीतेन्द्रनारायण देवले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले वर्तमान सरकारले काम नै गरेको छैन नभनेको बताएका छन् ।
राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले कोरोना भाइरसको सम्भावित जोखिम तथा राष्ट्रियताको सवालमा सरकारले काम नै नगरेको भन्ने कुरा प्रतिपक्षले नगरेको बताए ।
सांसद देवले भने, ‘प्रतिपक्षले वर्तमान सरकारले काम गरेको छैन भनेर भनेको होइन, नेपालको स्वाभिवमान, स्वतन्त्रता र नेपाली जनताको बाच्न पाउने अधिकार महत्वपूर्ण भनेको मात्रै हो ।’
कोरोना भाइरसको जोखिमबाट नेपालको छिमेकी राष्ट्र भारतमा आठ लाख नेपाली, कुवेत, मलेसियालगायत देशबाट भोकमरी र कामविहीन भएका नेपालीलाई मात्र ल्याउनुपर्छ भन्ने विपक्षीको माग भएको उनले स्पष्ट पारे ।
सांसद देवले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार क्वारेन्टिन बनाउन आग्रह गर्दै विपद्मा बेलामा प्रतिपक्षले सरकारलाई सहयोग गर्ने बताए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का रामनारायण बिडारीले नेपाल–भारतको सिमानामा रहेको भूमि अन्तर्राष्ट्रिय कानुन र कूटनीतिक पहलमार्फत जतिसक्दो छिटो फिर्ता गर्नुपर्ने सरकारलाई सुझाव दिए ।
सांसद बिडारीले भारतको पूर्व सरकार प्रमुखले गरेको हेलचक्र्याइँले गर्दा अहिले दुई देशको कूटनीतिक सम्बन्धमा अप्ठ्यारो परेको उल्लेख गर्दै प्राप्त तथ्यका आधारमा जतिसक्दो छिटो समाधान खोज्नुपर्नेमा जोड दिए ।
सिमाना विवादको छलफल धेरै पहिलादेखि हुँदै आए पनि अहिले छलफल उत्कर्षमा पुगेको उल्लेख गर्दै उनले सिमाना विवाद संवेदनशील कुरा भएको बताए ।
‘भारतको सैनिक अनि नेपालका जोसुकैले बोल्ने कुरा होइन, सरकारले विचार पु¥याएर कूटनीतिक ढंगले वार्ता गर्न जरुरी छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय कानुनअनुसार संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र भएको हुनाले सीमाको तथ्यका आधारमा नेपालको मिचिएको भूमि फिर्ता गर्नुपर्ने सुझाव दिए ।
सांसद बिडारीले तरकारी र फलफूल विदेशबाट ल्याउनुभन्दा आफ्नै देशमा भएको उत्पादनलाई प्राथमिकता दिनुपर्ने सुझाव दिए ।