बैशाख १९, २०८१, बुधबार
               

नेपाल विशेष सेवा विधेयक, २०७६ पारित

नेपाल फ्ल्यास
जेठ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल विशेष सेवा विधेयक सर्वसम्मतिले पारित भएको छ । 

राष्ट्रिय सभाको बैठकले ‘नेपाल विशेष सेवा विधेयक, २०७६ सर्वसम्मतिले पारित गरेको हो । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेद्वारा विधेयक पारित गरियोस् भनी प्रस्ताव गरिएको सो विधयक पास भएको हो । 

बैठकले ‘बिउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७६’ र ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’ पनि  सर्वसम्मति रूपले स्वीकृत गरेको छ । 

कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले प्रतिनिधिसभाबाट सन्देशसहित उक्त विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । 

बैठकमा विधायन व्यवस्थापन समितिमा सभापति परशुराम मेघी गुरुङले ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश गरेका थिए ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले राष्ट्रिय सभाबाट पारित गरी प्रतिनिधिसभामा पठाइएको ‘राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५  प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियो’ भन्ने प्रस्ताव पेस गरेका थिए ।

राष्ट्रियसभाको अर्को बैठक यही जेठ १२ गते बस्ने जनाइएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि